नियम ४९
लगत राख्ने
वैदेशिक सहायता सम्बन्धी सम्झौता अन्तर्गत वस्तुगत सहायतामा प्राप्त भएको मालसामानको मूल्य, त्यस्तो मालसामानको विवरण र भन्सार छुट भए वा नभएको व्यहोरा समेत खुलाई यस नियमावली बमोजिम आम्दानी बाँधे पछि त्यस्तो सहायतालाई आर्थिक विवरणमा समावेश गरी त्यस्तो विवरण तालुक कार्यालय, सम्बन्धित कोष तथा लेखा नियन्त्रक कार्यालय र महालेखा नियन्त्रक कार्यालयमा पेश गर्नु पर्नेछ । बजेटमा समावेश नभएको तर विशेष परिस्थितिमा प्राप्त भएको वस्तुगत सहायताको अलग विवरण बनाई एक प्रति महालेखा नियन्त्रक कार्यालय र एक प्रति महालेखा परिक्षकको कार्यालयमा पठाई लेखा परीक्षण गराउनु पर्नेछ ।